काठमाडौं । पूर्वी नेपालमा एथरको बजार विस्तार भएको छ । प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथरले धरानमा आफ्नो नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएसँगै कोशी प्रदेशमा बिक्री तथा सेवा पहुँच थप फराकिलो बनाएको हो ।
नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले धरान–१ स्थित छाताचोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो । यो एथरको नेपालभरको १३औँ एक्सपेरियन्स सेन्टर हो ।
नयाँ सेन्टरमार्फत ग्राहकले एथरका स्कुटरको जानकारी लिनुका साथै खरिद, फाइनान्स र पुरानो स्कुटर एक्सचेन्जको सुविधा प्राप्त गर्न सक्नेछन् । धरानमा कम्पनीले विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोगलाई लक्षित रिज्टा उपलब्ध गराउने जनाएको छ ।
एथरले काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज, बिर्तामोडलगायत शहरमा पनि आफ्नो नेटवर्क विस्तार गरिसकेको छ । नयाँ सेन्टर थपिएसँगै कम्पनीले पूर्वी नेपालमा आफ्नो बिक्री तथा ग्राहक पहुँचलाई थप बलियो बनाउने लक्ष्य लिएको छ ।
नयाँ सेन्टरको सुरुवातसँगै ग्राहकलाई विशेष छुट तथा सुविधा पनि दिइएको छ । भदौ २३ गतेसम्म लागू हुने योजनामा ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स वा ८ हजार रुपैयाँसम्मको भ्यालुएसनमध्ये एउटा सुविधा रोज्न पाउनेछन् ।
एथरको ४५० सिरिजलाई स्पोर्टी प्रदर्शन र स्मार्ट प्रविधि रुचाउने ग्राहकलाई लक्षित गरिएको छ । यसमा गुगल म्याप्स नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइडिङ मोड र टचस्क्रिन ड्यासबोर्डलगायत सुविधा छन् ।
रिज्टा भने परिवार तथा दैनिक आवतजावतलाई केन्द्रमा राखेर तयार गरिएको मोडल हो । फराकिलो सिट र ठूलो स्टोरेजसँगै ट्र्याक्सन कन्ट्रोल, टो तथा चोरी सचेतना र ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसनजस्ता सुविधा यसमा छन् ।
बिक्रीपछि ग्राहकलाई सेवा दिन एथरले नेपालभर ९ वटा अधिकृत सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार एथरका दुईपाङ्ग्रे विद्युतीय सवारीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ ।
त्यस्तै, विद्युतीय सवारी प्रयोगकर्ताका लागि चार्जिङ सुविधा विस्तारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । एथरका अनुसार नेपालका प्रमुख शहर तथा राजमार्गमा ४० भन्दा बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा छन् ।