पूर्वी नेपालमा एथरको बजार विस्तार भएको छ, यो एथरको नेपालभरको १३औँ एक्सपेरियन्स सेन्टर हो ।
प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथरले धरानमा आफ्नो नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएसँगै कोशी प्रदेशमा बिक्री तथा सेवा पहुँच थप फराकिलो बनाएको हो ।
नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले धरान–१ स्थित छाताचोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
नयाँ सेन्टरमार्फत ग्राहकले एथरका स्कुटरको जानकारी लिनुका साथै खरिद, फाइनान्स र पुरानो स्कुटर एक्सचेन्जको सुविधा प्राप्त गर्न सक्नेछन् ।
धरानमा कम्पनीले विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोगलाई लक्षित रिज्टा उपलब्ध गराउने जनाएको छ ।

एथरले काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज, बिर्तामोडलगायत शहरमा पनि आफ्नो नेटवर्क विस्तार गरिसकेको छ ।
नयाँ सेन्टर थपिएसँगै कम्पनीले पूर्वी नेपालमा आफ्नो बिक्री तथा ग्राहक पहुँचलाई थप बलियो बनाउने लक्ष्य लिएको छ ।
नयाँ सेन्टरको सुरुवातसँगै ग्राहकलाई विशेष छुट तथा सुविधा पनि दिइएको छ ।
भदौ २३ गतेसम्म लागू हुने योजनामा ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स वा ८ हजार रुपैयाँसम्मको भ्यालुएसनमध्ये एउटा सुविधा रोज्न पाउनेछन् ।
एथरको ४५० सिरिजलाई स्पोर्टी प्रदर्शन र स्मार्ट प्रविधि रुचाउने ग्राहकलाई लक्षित गरिएको छ ।

यसमा गुगल म्याप्स नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइडिङ मोड र टचस्क्रिन ड्यासबोर्डलगायत सुविधा छन् ।
रिज्टा भने परिवार तथा दैनिक आवतजावतलाई केन्द्रमा राखेर तयार गरिएको मोडल हो ।
फराकिलो सिट र ठूलो स्टोरेजसँगै ट्र्याक्सन कन्ट्रोल, टो तथा चोरी सचेतना र ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसनजस्ता सुविधा यसमा छन् ।

