Skip to content
काठमाडौं। सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘ईभिटारा’ नेपालमा करिब ५० लाख रुपैयाँमा उपलब्ध गराउने भन्दै बुकिङ खुलाएको छ।
यो गाडी सिजी मोटोकर्पमार्फत छिट्टै नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
ईभिटाराको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र ग्राहकले अग्रिम बुकिङ गर्न सक्नेछन्।
गाडी ४.२ मिटर लामो छ भने २७०० एमएम ह्वीलबेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ।
यसमा ४९ kWh र ६१ kWh का दुई ब्याट्री विकल्प छन्, जसले एकपटक चार्ज गर्दा करिब ५०० किलोमिटरसम्म गुड्न सक्ने क्षमता दिन्छ।
भित्रतर्फ प्रिमियम डिजाइन, १०.१ इन्च इन्फोटेनमेन्ट, सनरुफ, एलईडी लाइट, १९ इन्च एलोय ह्वीलजस्ता सुविधा छन्।
सुरक्षाका लागि एडास लेभल २, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, ६ एयरब्याग, एबीएस लगायतका फिचर समावेश छन्।
यो गाडी सुजुकीले टोयोटासँग सहकार्यमा तयार पारेको इलेक्ट्रिक प्लेटफर्ममा आधारित हो।
Post Views: 56