भाडा नबढे सेवा रोकिने

काठमाडौं – इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीहरूले भाडा बढाउन सरकारसँग माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घाटामा सेवा दिन नसकिने भन्दै भाडा समायोजन गर्न दबाब दिएको हो।

माग पूरा नभए आफूहरू आफैं भाडा बढाउने वा सेवा नै बन्द गर्ने चेतावनी समेत दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पटक–पटक आग्रह गर्दा पनि निर्णय नभएको भन्दै व्यवसायी असन्तुष्ट छन्।

इन्धनको मूल्य बढेपछि यातायात व्यवस्था विभागले भाडा समायोजनको सिफारिस गरिसकेको छ।

सार्वजनिक यातायात, तराई र पहाडी मालबाहक सवारीमा छुट्टाछुट्टै दरमा भाडा बढाउने प्रस्ताव गरिएको छ।

तर सरकारले अझै निर्णय नगर्दा व्यवसायीहरू आक्रोशित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *