अटो शोमा धेरै ब्रान्डका गाडी प्रदर्शन

काठमाडौं। पोखरामा ‘वाडा अटो शो’ सुरु भएको छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा दोस्रोपटक यो मेला गरिएको हो।

तालबाराही चोकस्थित खेल मैदानमा सुरु भएको अटो शो आइतबारसम्म सञ्चालन हुनेछ।

मेलामा विभिन्न प्रकारका सवारीसाधनका स्टल राखिएका छन्, जसमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, लाइट कमर्सियल र हेभी गाडीहरू समावेश छन्।

साथै टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण र अन्य एसेसेरिजसँगै बैंक तथा वित्तीय संस्थाको पनि सहभागिता रहेको छ।

अटो शोमा टाटा, हुन्डाई, सुजुकी, किया, निसान लगायत धेरै ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन्।

बिक्रेताहरूले ग्राहक आकर्षित गर्न विभिन्न छुट र अफरहरू पनि ल्याएका छन्।

अवलोकनकर्तालाई नयाँ अनुभव दिन रोबोट समेत राखिएको छ र करिब ४५ हजारले मेला हेर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *