चिनको प्रसिद्ध KAIFENG ब्रान्डले कम्पनीको व्यवसायहरुमा CKD (पूर्ण रूपमा छुट्याइएका) किटहरू र सम्बन्धित पार्टपुर्जाहरूको विदेशमा बिक्री तथा नयाँ ऊर्जाबाट चल्ने सवारी साधनको बिक्री तथा अन्य निर्यातसम्बन्धी कारोबारहरू समावेश गर्दै आएको छ।
व्यावसायिक संरचनाको सन्दर्भमा, KAIFENG विशुद्ध आयात-निर्यात व्यापारिक कम्पनीबाट अटोमोटिभ क्षेत्रमा लागेको जनाएको छ ।
कम्पनीले अनुसन्धान तथा विकास (R&D), बस्तु उत्पादन (Vehicle Production), मर्मत सामग्री (Spare Parts), निर्यात (Export) र OEM सेवाहरूलाई कम्पनी को आफ्नै Factory बाट बजारिकरण र निर्यात गर्ने कामलाई अघि बढाएको छ । जुन चिनको Danyang City, Jiangsu Province मा पर्ने कम्पनीले उल्लेख गरेको छ ।
काइफेङ ब्रान्डको मुख्य टोलीमा लगभग १५० जना प्रमुख सदस्यहरू रहनुका साथै यसले उत्पादन अनुसन्धान र विकास, उत्पादन र अग्रणी घरेलु अटोमोटिभ टोलीहरूसँगको सहकार्यको निरीक्षण गर्ने कम्पनीले जनाएको छ ।
यसले कम्पनीले नान्टोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान र विकास केन्द्रहरू सञ्चालन गरेको छ । कम्पनीले नेपाल, पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमार गरी १०-११ देशहरूमा ग्राहक संलग्नता बढाएको छ।
नेपालका लागि ‘दुगड अटो क्लिनिक प्रालि’ (Dugar Auto Clinic Pvt. Ltd.) MV Dugar Group ले आधिकारिक वितरकका रूपमा नियुक्त भइसकेको छ र कम्पनीले काठमाडौंको पानीपोखरीमा बिक्री कक्ष (शोरुम) तथा काठमाडौंको बालाजुमा बिक्री-पछिको सेवा केन्द्र (आफ्टर-सेल्स सर्भिस सेन्टर) जस्ता समर्पित सुविधाहरू स्थापना गरिसकेको छ।
साथै कम्पनीले लगतै MV Dugar Group को Automobiles Outlet नेपाल भित्रका १६ ओटा शाखाबाट पनि चाडै ग्राहक हरुलाई Sales & Service उपलब्ध दिने गराउने कम्पनीका Business Head नबिन फुयालले जानकारी दिनुभयो ।
नेपालका लागि एस MV Dugar Group ले भित्राउन लागेको KAIFENG Brand भित्र तिन मोडल KF5039 EV ELECTRIC COMMERCIAL VAN रहेको छ । जसमा 62.2kWh (LFP) Battery Capacity जस्ले 350+km Range दिने कम्पनीको दावी छ । यसले 80kW Motor Power सहितको 14-Seat Passenger बोक्न सक्ने र फिचरमा भने ABS, EPS, TPMS, Central lock, 10.1-inch multimedia touch screen, Rear View Camera, Rear Parking Sensors, DC Fast charging, Electrically Adjustable Mirrors, Heated Rear View Mirrors, Air Conditioning, Interior Lighting, Electric Window रहेका छन् ।
कम्पनीको KF1021 EV ELECTRIC LIGHT TRUCK मा 41.86kWh (CATL) Battery Capacity ले 290+km Range दिने कम्पनीको दावी छ । त्यस्तै 70kW Motor Power सहितको 1.5-ton Cargo Payload Capacity बोक्न सकिने कम्पनीले जनाएको छ ।