इजरायलले इरानका तेल भण्डारण केन्द्रहरूमा आक्रमण सुरु गरेको जनाएको छ। इजरायली सेनाका अनुसार तेहरानमा रहेका केही इन्धन केन्द्रहरूलाई लक्षित गरेर शनिबार साँझ आक्रमण गरिएको हो।
यी केन्द्रहरूबाट इरानका सैन्य निकायसहित विभिन्न उपभोक्तालाई इन्धन आपूर्ति गरिन्थ्यो।
आक्रमणपछि तेहरानको शाहरान आयल रिफाइनरी क्षेत्रमा आगो र धुवाँ निस्किएको भिडियो सामाजिक सञ्जालमा देखिएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यसलाई महत्वपूर्ण सैन्य कारबाही भनेको छ।
यसले इरानको सैन्य क्षमता कमजोर बनाउने उद्देश्य रहेको बताइएको छ।
आईडीएफका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जामिरले इजरायलको अपरेशन अब अर्को चरणमा प्रवेश गरेको बताएका छन्।
उनले आगामी दिनमा थप कारबाही हुन सक्ने संकेत पनि दिएका छन्।
उनले भिडियो सन्देशमा अहिले सबै कुरा खुलासा नगर्ने भन्दै “अझै केही सरप्राइज बाँकी छन्” पनि बताएका छन्।
यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने चिन्ता पनि बढेको छ।
Post Views: 61