चिनियाँ अटोमोबाइल समूह चेरी अन्तर्गतको ओमोडा एन्ड जेकोले चीनको वुहुमा आयोजना गरेको २०२६ इन्टरनेशनल युजर समिट सम्पन्न गरेको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए ।
‘ड्राइभ टु द नेक्स्ट भाइब’ नारासहित आयोजित समिटमा कम्पनीले नयाँ प्रविधि, हाइब्रिड सिस्टम र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी अवधारणा प्रस्तुत गरेको थियो ।
समिटको मुख्य आकर्षणका रूपमा अक्टोबर २० मा ओमोडा एक्सको विश्वव्यापी अनावरण गरिएको थियो । यसलाई एसयूभीको उपयोगिता, अफरोड क्षमता र स्पोर्ट्स कारको डिजाइन समेटिएको क्रस अफरोड भेहिकलका रूपमा प्रस्तुत गरिएको थियो ।
त्यस्तै, कम्पनीले नयाँ ५ किलोवाट आवरको हाइब्रिड प्रविधि पनि सार्वजनिक गरेको छ । ओमोडा ५ नेक्स्ट एसएचएस–एचले प्रतिलिटर इन्धनबाट औसत २२.२ किलोमिटर माइलेज दिँदै एक ट्यांक इन्धनमा १ हजार १५ किलोमिटर यात्रा गरेको कम्पनीले जनाएको छ । समिटमा स्मार्ट पार्किङ र एआई प्रविधिसमेत प्रदर्शन गरिएको थियो ।
स्थापनाको तीन वर्षमै ओमोडा एन्ड जेको ७९ देशमा विस्तार भएको छ । कम्पनीको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघेको छ। नेपालमा एसपीजी अटोमोबाइल्सले यस ब्रान्डको आधिकारिक वितरण गर्दै आएको छ ।