लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसको आयोजनामा रक्तदान

हिन्दुहरुको महान् चाडपर्व शुभ दिपावलीको अवसरमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गतको लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसको आयोजनामा र गति फिटनेस सेन्टरको समन्वयमा महालक्ष्मीस्थान मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अटो नेपाल – पत्रिका, तपाईको बजार र स्टार कार डेकोरेशनको संयुक्त सहयोग एवं टियु लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको खुल्ला रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको र सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।


हाल रगतको चरम अभावका कारण समस्या भएकोले चाडपर्वमा शुभकामना आदान प्रदान गर्दै सम्पन्न रक्तदान कार्यक्रममा अन्य क्लबका सिनियर लायन्स लिडर र लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिकका वरिष्ठ सल्लाहकार, लायन रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *