मध्यपूर्वमा बढिरहेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
ब्रेन्ट क्रुड तेलको मूल्य १० प्रतिशतभन्दा बढी बढेर प्रति ब्यारेल करिब ९४ डलरसम्म पुगेको छ, जुन २०२२ पछि सबैभन्दा उच्च हो।
अमेरिकी डब्लुटीआई क्रुड तेल पनि करिब ११ प्रतिशत बढेर प्रति ब्यारेल ९० डलरभन्दा माथि पुगेको छ।
मध्यपूर्वको द्वन्द्वले विश्वभर ऊर्जा आपूर्ति प्रभावित हुन सक्छ भन्ने डरले तेलको मूल्य बढेको विश्लेषण गरिएको छ।
नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने सम्भावना छ, किनकि यहाँ भारतबाट आउने नयाँ मूल्यसूचीका आधारमा तेलको मूल्य समायोजन गरिन्छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आगामी दिनमा नेपालमा पनि मूल्य बढ्न सक्छ।
यदि मध्यपूर्वको द्वन्द्व अझ बढ्यो र तेल आपूर्ति अवरुद्ध भयो भने तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यसले विश्वभर महँगी बढ्ने र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।
तेलको मूल्य बढ्दा पेट्रोल-डिजेल मात्र होइन, ढुवानी, खाद्यान्न उत्पादन र आयातित सामानको मूल्य पनि महँगो हुन सक्छ।
यसैबीच मध्यपूर्वको तनावका कारण प्राकृतिक ग्यासको मूल्य पनि करिब ११ प्रतिशतले बढेको छ, किनकि ग्यास आपूर्तिमा अवरोध आउने चिन्ता बढेको छ।
Post Views: 56