धुवाँ मापदण्डभन्दा बढी फाल्ने

काठमाडौंमा गरिएको जाँचमा दुई तिहाइभन्दा बढी सवारीसाधनले प्रदूषण मापदण्डभन्दा बढी धुवाँ फालिरहेको पाइएको छ।

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरीले थानकोटमा ६० वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा ४० वटा सवारीले निर्धारित सीमा भन्दा बढी धुवाँ फालेको भेटिएको छ।

धुवाँ धेरै फाल्ने ती सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिइएको छ।

प्रदूषण बढ्दा वायुको गुणस्तर खतरामा परेर मानव स्वास्थ्यमा असर हुनसक्ने साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारी दुरुस्त अवस्थामा मात्र चलाउन सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *