Skip to content
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको काम ६५ प्रतिशत सम्पन्न भएको छ।
सुरुङ १,१२६ मिटर लामो रहेको छ र वित्तीय प्रगति करिब ५६ प्रतिशत पुगेको छ। यसैगरी तीनवटा बाइपास सुरुङ पनि सम्पन्न भइसकेका छन्।
तर रक सेड (ढुंगा रोक्ने संरचना) निर्माण अझै बाँकी छ। मुख्य सुरुङमार्गबाट सवारी सञ्चालन सुरु भएपछि रक सेडको काम थालिने योजना छ।
ऊर्जा तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गर्दै कामलाई गति दिन र समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्रालयका सचिवसहित पुगेका उनीहरूले निर्णय प्रक्रियालाई छिटो टुंग्याउन निर्माण पक्षलाई निर्देशन दिएका छन्।
सुरुङमार्ग निर्माणसँगै यसले वर्षायाम र ढुङ्गा झर्ने समस्याबाट यात्रुलाई सुरक्षित यात्रा, समय बचत र दुर्घटना घटाउने आशा गरिएको छ।
Post Views: 67