निजी क्षेत्रले विद्युत आयात–निर्यात गर्न पाउने लाइसेन्स हात पार्न सरकारमाथि दबाब बढाएको छ ।
नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेको विद्युत व्यापारमा आउन तीब्र इच्छुक निजी क्षेत्रले जतिसक्दो छिटो कानुन संशोधन गरेर लाइसेन्स दिन माग गरिरहेको छ ।
विद्युत व्यापारको लाइसेन्स पाए विदेशमा आफैं बजार खोज्ने विद्युत व्यापार कम्पनीहरुको दाबी छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले यसैसाता काठमाडौंमा आयोजित ऊर्जा सम्मेलनमार्फत यस्तो सम्भाव्यताको दाबी गरेका हुन्।
उनीहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई साक्षी राखेर १२०० मेगावाट विद्युत भारतमा बिक्री गर्ने समझदारी पनि गरेका छन् ।
सोझै विद्युत बिक्रीको अनुमति नपाएको अवस्थामा पनि भारतीय ऊर्जा व्यापारीसँग यस्तो समझदारी गरेर लाइसेन्स सम्बन्धि कानुन बनाउन नेपाल सरकारमाथि दबाब बढाउने स्वतन्त्र ऊर्जा उत्पादकहरुको रणनीति छ ।