नेपाल स्पोर्टी स्कुटरको बजार हिस्सा बढाउनमा टीभीएस एनटर्क १२५ ले महत्वपूर्ण भूमिका खेलेको छ । बजारमा प्रवेश गरेदेखि अहिलेसम्म निरन्तर राम्रो बिक्री पाइरहेको एनटर्क बजार परिवर्तन गर्ने मोडल बनेको छ।
टीभीएस एनटर्क १२५ ले नेपालमा स्कुटर बजारलाई नै एक स्तर माथि उकालेको भन्दा फरक पर्दैन । परम्परागत कम्युटर स्कुटरको अवधारणाभन्दा फरक डिजाइन, पर्फमेन्स र फिचरका कारण यसले नेपाली युवामाझ छुट्टै पहिचान बनाउन सफल भएको थियो ।
टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क १२५ को सफलतापछि भारतमा बिक्री सुरू भइसकेको एनटर्क १५० नेपाल ल्याएको छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ देखाइएको एनटर्क १५० आगामी दशैं अगाडि नै बिक्री सुरू हुने बताइएको छ ।
मूल्यका हिसाबले एनटर्क १५० स्कुटर ४ लाख रुपैयाँभन्दा कमै आउने अनुमान गरिएको छ । तर, आधिकारिक बिक्रेताले यसको मूल्यका विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।