केटीएमको इन्ड्युरो आर मोटरसाइकलमा आकर्षक एक्सचेन्ज तथा फाइनान्स सुविधा पाइने भएको छ । नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले कम डाउनपेमेन्ट र लामो अवधिको किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न चाहानेलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलसँग नयाँ केटीएम ३९० इन्ड्युरो आर साट्न सक्नेछन् । एक्सचेन्जमा ग्राहकले १५ हजार रुपैयाँसम्म थप अतिरिक्त भ्यालुएसनको सुविधा पाउने कम्पनीले जनाएका छ ।

त्यस्तै, यस अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमै इन्ड्युरो घर लैजान सक्नेछन् । इन्ड्युरो आरको मूल्य १० लाख ८४ हजार ९०० रुपैयाँ छ । ग्राहकले सुरुमा ५० प्रतिशत अर्थात् ५ लाख ४२ हजार ४५० रुपैयाँ बुझउनु पर्छ । बाँकी ५ लाख ४२ हजार ४५० रुपैयाँ ३ वर्षसम्मका लागि ऋण पाउने छन् । यस्तो ऋणको ब्याजदर ९.९९ प्रतिशत मात्रै हुने कम्पनीले जनाएको छ । ग्राहकले किस्ताबन्दीमा किन्दा मासिक १७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।

केटीएम इन्ड्यूरो आरमा अतिरिक्त टर्क प्रदान गर्ने लो इन्ड र मिड रेन्ज पर्फमेन्स ट्युन, स्प्रोकेटिङ ट्वीक गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एलसी फोरसी, इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर-असिस्ट क्लच र बाइ डिरेक्सनल क्विक सिफ्टर पनि उपलब्ध छ ।