रसुवाको भोटेकोशी नदीमा बाढी आएको सातौँ दिनसम्म नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ अघि बढेको छ ।
उद्धार कार्यको अग्रपंक्तिमा रहेका र आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको बताएको हो । उद्धार अवधिमा धैर्य, साथ, सहयोग र समन्वयप्रति देखाउने सबै नागरिक प्रति हार्दिक आभार व्यक्त गरिएको छ ।
विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ र सहयोग निकै महत्वपूर्ण रहेको जनाइएको छ। साथै, मित्रराष्ट्रहरु, स्वदेशी र विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायतका सबै सरोकारवालाहरुले देखाउनुभएको सदासयता र सहयोगप्रति सरकार अनुकरणीय रहेको बताइएको छ ।