नाइमा एक्स्पो डेढ लाख दर्शकले भ्रमण गर्नेछन् । 

 –  राजकुमार दुलाल, कार्यकारी निर्देशक – नाइमा

नेपालका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादक कम्पनीहरूको साझा संस्था, नाइमाले आयोजना गरेको यस एक्सपोमा दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल सवारीसाधनको प्रदर्शनी हुन्छ ।

एउटै स्थानमा २६ वटा प्यासेन्जर कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड, ८ वटा कमर्सियल भेहिकल ब्रान्ड सहभागी हुनेछन् । साथै, ४० वटा नयाँ मोडल लन्च हुँदै छन् ।

ब्रान्ड प्रमोसनका लागि बिदेशी कम्पनीका आउँदै हुनुहुन्छ । ४० नयाँ ब्रान्ड लन्च हुने हुँदा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू एक्स्पोका लागि आउन थाल्नुभएको छ । यसपटक ५५ वटा ब्रान्ड सहभागी हुँदै छन् ।

साथै, लर्निङ सेसनका समेत योपटक विशेष हुँदै छ ।

यस एक्स्पो अवधिभर लर्निङ सेसन हुनेछ । पहिलो पाँच दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म र अन्तिम दिन साढे १२ बजेदेखि २ बजेसम्म कार्यक्रम हुनेछ ।

लर्निङ सेसनमा बैंकर अनिलकेशरी शाह, सञ्चारकर्मी टीकाराम यात्री, सञ्जय सिलवाल गुप्तालगायत व्यक्तित्वहरूले सहजीकरण गर्ने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, प्रशासक र नीति निर्माता प्यानलिस्टका रूपमा सहभागी हुनेछन् ।

आयोजकका अनुसार यस वर्ष सुरुदेखि नै छ दिनको कार्यक्रम राखिएको छ ।

हाम्रो अनुमानमा करिब डेढ लाख दर्शकले एक्स्पो भ्रमण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *