गत वर्ष धेरै आयात भएका १० ब्रान्ड 

कुनै बेला बिलासिताको साधन मानिने गाडी अब उच्च वर्गको पहिचान मात्र रहेन, मध्यम वर्गको दैनिक जीवनको पनि एउटा हिस्सा बन्न पुगेको छ ।

सोख त छँदै छ, तर यो आधुनिक जीवनशैलीको सपना पनि बनेको छ ।

कुनै समय गाडी हेर्न र चढ्न पाउनु नै एउटा मिठो सपनाजस्तै हुन्थ्यो । तर, आज समय बदलिएको छ ।

एउटै घरमा परिवारका सदस्यपिच्छे गाडी किन्न थालिएको छ ।

पुस्ताअनुसार गाडीको रोजाइसमेत फरक पर्न थालेको छ, आफ्नो मनपर्ने गाडी चढ्ने सोख नेपाली समाजमा बढ्दै गएको छ ।

गत वर्ष आयात हुने ब्रान्ड चिनियाँ कम्पनीका सवारीसाधन नै धेरै नेपाल आयात भएका छन् ।

चिनियाँ ब्रान्ड बिवाइडी, एमजी, ओमोडा एन्ड जेको, डोङफेङ नामी र डिपललगायत सवारीसाधनको आयात धेरै छ ।

बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सबैभन्दा धेरै गाडी आयात गरेको छ ।

हुन्डाई दोस्रो स्थानमा छ । हुन्डाईको इभी आयात निकै कम छ भने पेट्रोल गाडी सबैभन्दा धेरै भित्र्याइएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको व्यापार इभीले गर्दा खस्किएको छ, अघिल्लो वर्ष पहिलो स्थानमा रहेको टाटा यसपालि तेस्रो स्थान छ ।

शारडा ग्रुपको एसपिजी अटोमोबाइल्सले आयात गर्ने ओमोडा एन्ड जेको/आइकार चौथो स्थानमा छ ।

सुजुकीको ब्रेजा गाडीप्रति ग्राहकको रोजाइ बढ्दा सुजुकी पाँचौं स्थान आयात बढी गर्ने कम्पनी बनेको छ ।

सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्स हो ।

यस्तै, छैटौंमा डोङफेङको नामी, सातौंमा चांगन डिपल, आठौंमा किया छ भने एमजी नवौं स्थानमा र दसौं नम्बरमा महिन्द्रा छ ।

नेपालमा चिनियाँ, भारतीय, युरोपेली, जापानी र कोरियाली ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।

विद्युतीय सवारीसाधनको माग बढेसँगै नयाँ–नयाँ ब्रान्ड र मोडल भित्रिने क्रम जारी छ । त्यसैले गर्दा पुराना पेट्रोल कारको बिक्री खस्किएको देखिन्छ ।

पेट्रोल कार बिक्री गर्दै आएका पुराना बिक्रेता पनि इभीतिर केन्द्रित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *