शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ।
चैत ११ देखि सुरु भएको यो कार्यक्रम चैत १६ सम्म सञ्चालन हुनेछ र उद्घाटन दिनमै ५०० भन्दा बढी आगन्तुक सहभागी भएका थिए।
कार्यक्रममा टिभिएसका सबै दुई पाङ्ग्रे सवारी अवलोकन, टेस्ट राइड र पुरानो बाइक साट्ने विकल्पको मूल्यांकन गर्ने अवसर दिइएको छ।
ग्राहकलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन र फाइनान्स सम्बन्धी परामर्श दिने विशेष काउन्टर पनि राखिएको छ, जसले खरिद प्रक्रिया सजिलो बनाएको छ।
कार्यक्रमको उद्घाटन अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताले गरेका थिए।
उक्त अवसरमा टिभिएसका कन्ट्री हेड अश्विन श्रीनिवासन, अभिनेता प्रदीप खड्का र क्रिकेटर कुशल भुर्तेल लगायतको उपस्थिति रहेको थियो।
कार्निभलमा स्टन्ट शो, जिमखाना च्यालेन्ज, खेल, फूड स्टल र दैनिक टेस्ट राइड जस्ता गतिविधि सञ्चालन हुनेछन्।
साथै, लाइभ म्युजिक प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाउने बताइएको छ।
अफर अन्तर्गत ८ हजार रुपैयाँसम्मको सुविधा, ७ हजार रुपैयाँ नगद छुट र ३,७१० रुपैयाँबाट इएमआई सुविधा उपलब्ध छ।
पुरानो बाइक साट्दा ५० भन्दा बढी कम्पनीको सहभागितामा उचित मूल्यांकन र तुरुन्तै एक्सचेन्ज सुविधा पनि पाइनेछ।
जगदम्बा मोटर्सले ग्राहकलाई चैत १६ अघि कार्निभलमा सहभागी भई विशेष अफर र अनुभव लिन आग्रह गरेको छ।
Post Views: 74