लक्ष्मी ग्रुपको विशेष अफर

नेपालमा Hyundai, Forthing र Kaiyi गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले WADA अटो शो २०२६ मा विशेष अफर घोषणा गरेको छ।

पोखराको तालबाराही चोक, लेकसाइडमा भइरहेको अटो शोमा नयाँ गाडी किन्न वा पुरानो साट्न चाहने ग्राहकका लागि सीमित समयको अभियान ल्याइएको छ। चैत ११ देखि सुरु भएको कार्यक्रम चैत १५ सम्म चल्नेछ।

Forthing Friday मा ग्राहकले ७ लाख रुपैयाँसम्मको लाभ पाउनेछन्।

यो प्रिमियम इलेक्ट्रिक SUV मा ६४.४ kWh ब्याट्री, १८५ मिमी ग्राउन्ड क्लियरेन्स र WLTP अनुसार करिब ४०० किलोमिटर रेन्ज रहेको छ।

यो गाडी उत्कृष्ट प्रदर्शन, सुरक्षा, आधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण प्रिमियम EV सेग्मेन्टमा बलियो विकल्प मानिएको छ।

Forthing सँगै Hyundai र Kaiyi गाडीहरूमा पनि लक्ष्मी ग्रुपले आकर्षक अफर ल्याएको छ। कम्पनीले ग्राहकलाई स्टलमा आएर गाडी अनुभव गर्न आग्रह गरेको छ।

लक्ष्मी ग्रुपले नेपालमा वातावरणमैत्री र आधुनिक यातायात समाधान उपलब्ध गराउँदै ग्राहकलाई राम्रो सेवा र अनुभव दिन निरन्तर काम गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *