एमएडब्लु वृद्धिको देशभरि सञ्चालन हुने मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रूपमा सुरु भएको छ।
ग्राहकको राम्रो सहभागितासँगै सुरु भएको यस कार्यक्रममा दिपल, अवतार, नामी र सेरेस जस्ता लोकप्रिय इभी ब्रान्ड एउटै स्थानमा राखिएका छन्।
पहिलो दिनमै नयाँ प्रविधियुक्त र आकर्षक डिजाइन भएका इभीमा अपग्रेड गर्न चाहने ग्राहकको उत्साहजनक उपस्थिति देखिएको छ।
यो कार्निभल बिहीबारदेखि शनिबारसम्म काठमाडौंका सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस तथा उपत्यकाबाहिरका सोरुमहरूमा सञ्चालन भइरहेको छ।
ग्राहकले नगद छुट, पुराना गाडीको उच्च मूल्यांकन, एक्सचेन्ज बोनस, निःशुल्क बिमा र चार्जिङ प्याकेज साथै लामो वारेन्टी जस्ता सुविधा पाउनेछन्।
पहिलो दिनमै देखिएको भीड र सकारात्मक प्रतिक्रिया नेपालमा इभीप्रतिको बढ्दो आकर्षणको संकेत मानिएको छ।
इन्धन मूल्य वृद्धि, वातावरणप्रति सचेतना र आकर्षक अफरका कारण ग्राहकहरू यस कार्यक्रममा आकर्षित भएका हुन्।
कार्यक्रमलाई थप रमाइलो बनाउन रोबोटिक शो, बालबालिकाका लागि किड्स जोन, खेलकुद गतिविधि र फुड स्टलहरू पनि राखिएका छन्।
Post Views: 78