टीभीएसको नयाँ प्रिमियम इलेक्ट्रीक स्कुटर सार्वजनिक

भारतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले इटालीमा जारी ईआईसीएमए २०२६ मा आफ्नो नयाँ म्याक्सी–स्टाइल इलेक्ट्रिक स्कुटर एम१–एसको प्रडक्सन मोडल लन्च गरेको छ ।

अन्तर्राष्ट्रिय विद्युतीय दुईपांग्रे बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअनुसार कम्पनीले यो स्कुटर बजारमा ल्याएको हो । म्याक्सी डिजाइनमा तयार गरिएको एम१–एसमा अगाडिको भागमा ठूलो एप्रोन, अतिरिक्त ठूलो विन्डसिल्ड र आकर्षक लाइटिङ सेटअप दिइएको छ ।

स्कुटरमा सिंगल पिस स्टेप्ड सिट दिइएको छ । एम१–एसमा एड्भेन्चर स्टाइल र्‍याक र टप बक्ससमेत देख्न सकिन्छ । यी सामग्री एसेसरिजका रूपमा उपलब्ध हुने अनुमान गरिएको छ ।

टीभीएस एम१–एसमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसले अधिकतम १२.५ किलोवाट आवरको पिक पावर भएको मोटर प्रयोग गरिएको छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा छ ।

यसको ब्याट्री फ्लोरबोर्डमा राखिएको छ । यसले स्कुटरको सेन्टर अफ ग्राभिटी कम राख्दै तौल सन्तुलनमा सहयोग गर्छ । यसमा १.८ किलोवाटको अनबोर्ड चार्जर दिइएको छ। जसको सहायताले ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १ घण्टा १५ मिनेट लाग्छ ।

स्कुटरमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ट्विन शक एब्जर्बर दिइएको छ । अगाडि र पछाडि दुवैतर्फ १४ इन्चका ह्वील प्रयोग गरिएको छ । दुवै ह्वीलमा २३० एमएम डिस्क ब्रेक र स्ट्यान्डर्ड रूपमा ड्युअल च्यानल एबीएस उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *