नयाँ वर्ष स्कुटर अफर

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले नयाँ वर्ष लक्षित ‘नयाँ युगको नयाँ राइड’ अफर सार्वजनिक गरेको छ।

यो अफर चैत १३ देखि देशभरका शोरूममा उपलब्ध हुने बताइएको छ।

यस योजनाअन्तर्गत ग्राहकले नगद खरिदमा ८ हजार ३ सय रुपैयाँ छुट पाउनेछन् भने एक्सचेञ्ज गर्दा १० हजार रुपैयाँ अतिरिक्त बोनस पनि दिइनेछ।

साथै ४.९९ प्रतिशतको न्यून ब्याजदरमा किस्ता सुविधा पनि उपलब्ध छ।

अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई हेल्मेट र स्कुटर कभर जस्ता ब्राण्डेड फ्री एसेसरिज पनि दिइनेछ।

त्यसैगरी साप्ताहिक लक्की ड्रमार्फत सहभागी ग्राहकले रूपाकोट रिसोर्टमा लक्जरी बसाइ जित्ने अवसर पाउनेछन्, जसले अफरलाई अझ आकर्षक बनाएको छ।

डेल्टा अटोकर्पका प्रमुख विजय कुमार महतोका अनुसार नयाँ वर्षमा ग्राहकलाई प्रिमियम अनुभवसहित नयाँ सुरुवात गर्ने अवसर दिन यो योजना ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *