‘वाडा अटो शो’को आज दोस्रो दिन

पोखराको लेकसाइडमा बुधबारदेखि सुरु भएको ‘वाडा अटो शो’ आज दोस्रो दिनमा प्रवेश गरेको छ।

लेकसाइडको बाराही खेल मैदानमा आयोजना गरिएको शो चैत १५ गतेसम्म चल्नेछ।

शुरुका दिन दर्शकको उत्साहजनक सहभागिता देखिएको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए।

शोमा पोखरामा सार्वजनिक गरिएका विभिन्न नयाँ ब्राण्डका गाडी प्रदर्शनमा राखिएका छन्।

मेलामा १६ ब्राण्डका चार पाङ्ग्रे, ६ ब्राण्डका लाइट कमर्शियल, १० ब्राण्डका दुई पाङ्ग्रे र एउटा हेभी कमर्शियल गाडीहरू प्रदर्शनमा छन्।

साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसेसेरिज र २० वित्तीय संस्थाका स्टल पनि छन्।

पुराना गाडीहरू र रोबोटिक्स प्रदर्शनले दर्शकको ध्यान खिचेको छ।

एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठका अनुसार युनी ट्रि जि वान ह्युमानोइड, युनीट्रि गो टु र चंखे जस्ता रोबोट प्रदर्शनमा छन्।

अध्यक्ष कोइरालाका अनुसार मेलाको उद्देश्य अटो व्यवसायीलाई एउटै छाना मुनि भेला पारेर सहज व्यावसायिक वातावरण निर्माण गर्नु र आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *