नयाँ जेकु जे६टी इलेक्ट्रिक गाडी लन्च

काठमाडौं। पोखरामा जारी वाडा अटो शो २०२६ मा इलिट मोटर्सले नयाँ जेकु जे६टी इलेक्ट्रिक गाडी लन्च गरेको छ।

यो गाडी सीमित अवधिका लागि ६६.९९ लाख रुपैयाँ मूल्यमा खरिद गर्न सकिन्छ।

पोखराको लेकसाइड ग्राउन्डमा २५–२९ मार्चसम्म अटो शो चलिरहेको छ, जहाँ ग्राहकहरू यसलाई प्रत्यक्ष हेर्न र अनुभव लिन सक्नेछन्।

जे६टीमा २२० एनएम टर्क उत्पादन गर्ने रियर माउन्टेड मोटर रहेको छ।

यसमा ४३१ किमी ड्राइभिङ रेन्ज प्रदान गर्ने लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ।

गाडीको ग्राउन्ड क्लियरेन्स २२५ मिमी, ४,४३३ मिमी लम्बाइ२,७१५ मिमी ह्वीलबेस छ।

जे६टीमा १५.६ इन्च टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ८ स्पिकर र वायरलेस चार्जर जस्ता फिचरहरू छन्।

अब यो गाडी टेस्ट ड्राइव र बुकिङका लागि इलिट मोटर्सको शोरुममा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *