Skip to content
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउँदै विशेष अफरको घोषणा गरेको छ।
पोखराको लेकसाइड तालबाराही चौरमा मार्च २५ (चैत ११) देखि सुरु भएको अटो शो मार्च २९ (चैत १५) सम्म चल्नेछ।
अटो शोको स्टल ए१२ मा बीवाईडीका विभिन्न मोडल अवलोकन गर्न सकिन्छ। कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक इलेक्ट्रिक गाडी प्रदर्शन गरेको छ।
बीवाईडी एट्टो १ – सहरमा चलाउन उपयुक्त कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभल एसयूभी, व्यावहारिक र दक्ष।
बीवाईडी एट्टो २ – दैनिक ड्राइभिङका लागि डिजाइन गरिएको भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी, टेक्नोलोजी, स्पेस र सुविधा सन्तुलित।
बीवाईडी एट्टो ३ – प्रिमियम इलेक्ट्रिक एसयूभी, सहरी तथा लामो दूरी दुवैका लागि उपयुक्त, एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र आधुनिक डिजाइन सहित।
पाँच दिनसम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराएको छ।
यसमा ब्याट्री र मोटरमा १० वर्ष/२ लाख किलोमिटर वारेन्टी, १ वर्षको फ्रि इन्स्योरेन्स, सडक दस्तुर छुट, नगद छुट, फ्रि एसेसरिज र होम चार्जर समावेश छन्।
सबै बीवाईडी सवारी साधन एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, दक्षता र कार्यक्षमता बढाउँछ।
साइमेक्स इंकका प्रतिनिधि अनुसार, “वाडा अटो शो नेपालको इलेक्ट्रिक मोबिलिटी पुनर्परिभाषित गर्ने उत्कृष्ट प्लेटफर्म हो।
विशेष अफर र प्रमाणित प्रविधिबाट ईभी स्वामित्व सजिलो र लाभदायी बनाउने लक्ष्य हामीले लिएका छौँ।”
अवलोकनकर्ताले गाडी हेर्न, विशेषज्ञसँग अन्तरक्रिया गर्न र विशेष अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
Post Views: 57