Skip to content
प्रधानमन्त्री सुशीलाकुमारी कार्कीले नेपालको आगामी निर्वाचनलाई सहज बनाउन सहयोग गरेकोमा भारतलाई धन्यवाद व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर सवारीसाधन र अन्य सामग्री उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरिन् ।
जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सधैं साथ रहने र छिमेकीको हैसियतले सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए ।
भारतले यसपालिको निर्वाचनका लागि अहिलेसम्म करिब ५ सय ५० वटा गाडी नेपाललाई सहयोग गरेको समाचारमा उल्लेख छ ।
Post Views: 78