बस दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको एक यात्रुबाहक बस रामेछापको त्रिवेणी घाट नजिक तामाकोशी नदीमा खसेको छ । यस दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये २ जना पुरुष र ४ जना महिला छन् । थप ५ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि मन्थली जिल्ला अस्पताल पठाइएको छ ।

बस सडकबाट झण्डै २० मिटर तल नदीमा खसेको थियो । उद्धारमा गोताखोरसहितको प्रहरी टोली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *