Skip to content
चिनियाँ प्रिमियम विद्युतीय कार ब्रान्ड अवतार ले आफ्नो नयाँ अवतार ०७ (Avatr 07) इलेक्ट्रिक SUV छिट्टै नेपालमा ल्याउने भएको छ ।
यसका लागि नेपालमा आधिकारिक रूपमा यसको अधिकतम खुद्रा मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यो गाडीलाई नेपाली बजारमा सीजी र एमएडब्लु समूह मिलेर बिक्री तथा व्यवस्थापन गर्नेछन् ।
पहिले अवतार ११ मोडल नेपालमा आएको थियो भने अब अवतार ०७ भन्ने नयाँ मोडल इलेक्ट्रिक SUV को रूपमा नयाँ विकल्प बनिएको हो ।
अवतार ०७ मा १९० किलोवाट क्षमताको मोटर र ८२ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ ।
यसको लम्बाइ करिब ४.८ मिटर, चौडाइ १.९ मिटर र ह्वीलबेस २.९ मिटर रहेको बताइएको छ ।
गाडीमा मेरिडियनको २५ स्पिकर साउन्ड सिस्टम, उच्च गुणस्तरको सस्पेन्सन जस्ता सुविधाहरू पनि हुने कम्पनीले जनाएको छ ।
Post Views: 108