अवतार ०७ इभी नेपाल आउँदै

चिनियाँ प्रिमियम विद्युतीय कार ब्रान्ड अवतार ले आफ्नो नयाँ अवतार ०७ (Avatr 07) इलेक्ट्रिक SUV छिट्टै नेपालमा ल्याउने भएको छ ।

यसका लागि नेपालमा आधिकारिक रूपमा यसको अधिकतम खुद्रा मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यो गाडीलाई नेपाली बजारमा सीजी र एमएडब्लु समूह मिलेर बिक्री तथा व्यवस्थापन गर्नेछन् ।

पहिले अवतार ११ मोडल नेपालमा आएको थियो भने अब अवतार ०७ भन्ने नयाँ मोडल इलेक्ट्रिक SUV को रूपमा नयाँ विकल्प बनिएको हो ।

अवतार ०७ मा १९० किलोवाट क्षमताको मोटर८२ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ ।

यसको लम्बाइ करिब ४.८ मिटर, चौडाइ १.९ मिटर र ह्वीलबेस २.९ मिटर रहेको बताइएको छ ।

गाडीमा मेरिडियनको २५ स्पिकर साउन्ड सिस्टम, उच्च गुणस्तरको सस्पेन्सन जस्ता सुविधाहरू पनि हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *