टाटा एक्सप्रेस-टीमा ठूलो ब्याट्री

नेपालमा पहिलो पटक विद्युतीय ट्याक्सीका रूपमा आएको टाटा एक्सप्रेस-टी अब ठूलो ब्याट्री अप्सनमा उपलब्ध भएको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पहिले २६ kWh ब्याट्रीमा आएको एक्सप्रेस-टीलाई अब ३२ kWh ब्याट्रीमा नेपाल भित्र्याएको हो।

कम्पनीका अनुसार २६ kWh ब्याट्रीले एकपटक फुल चार्जमा करिब २०० किमि रेन्ज दिँदै आएकोमा अब ३२ kWh ब्याट्री भएको नयाँ मोडलले २५० किमिभन्दा बढी रेन्ज दिनेछ।

सिप्रदीले यो नयाँ ब्याट्री अप्सन भएको एक्सप्रेस-टीको हस्तान्तरण पनि सुरु गरिसकेको छ।

मंगलबार नेपालगञ्जमा ३२ kWh ब्याट्री भएको ८ वटा गाडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

यो समाचारले सरकारले २०३० सम्म सवारी दर्तामध्ये ५०% विद्युतीय बनाउने लक्ष्य र बागमती प्रदेशको विद्युतीय ट्याक्सी नीतिसँग पनि मेल खाने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *