क्रेटा EV रेञ्ज अपडेट

हुन्डाई नेपालले सबै क्रेटा EV प्रयोगकर्तालाई नजिकको आधिकारिक सेवा केन्द्रमा गएर नयाँ सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ।

यो अपडेटमार्फत ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) लाई नेपाली सडक अवस्था र चालकको ड्राइभिङ शैलीअनुसार पुनः मिलाइएको कम्पनीले जनाएको छ।

अपडेटपछि क्रेटा EV ले अहिलेको तुलनामा १५ देखि २५ किलोमिटरसम्म थप रेञ्ज दिन सक्ने अपेक्षा गरिएको छ।

यसले दैनिक यात्रा र लामो दूरीको प्रयोगलाई अझै सहज, भरपर्दो र सुविधाजनक बनाउने हुन्डाई नेपालको विश्वास छ।

यो सफ्टवेयर अपडेट हुन्डाईको देशभर फैलिएको आधिकारिक सेवा सञ्जालमार्फत उपलब्ध गराइएको छ, जसले नेपालभरका सबै क्रेटा EV ग्राहकलाई सजिलै सेवा लिन सहयोग पुर्‍याउनेछ।

कम्पनीले सवारी साधनको निरन्तर सुधार गर्दै ग्राहकलाई राम्रो अनुभव दिन प्रतिबद्ध रहेको जनाएको छ।

नेपालमा विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुन्डाई नेपाल मजबुत अफ्टर–सेल्स सेवा, ६३ भन्दा बढी Re-Lax Recharge Network, र लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक चारपाङ्ग्रे एसेम्ब्ली प्लान्टको सहारामा अझ सशक्त बन्दै गएको कम्पनीको भनाइ छ।

यी सबै प्रयासले दीर्घकालीन ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *