टिभिएसको सुन अफर

नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘टिभिएससँग सुनको सगुन’ सार्वजनिक गरेको छ।

विवाह र चाडपर्वको मौसमलाई ध्यानमा राखेर ल्याइएको यो अफरले ग्राहकलाई मूल्य, भरोसा र नयाँ सुरुवातको अनुभूति दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

सुनको बढ्दो मूल्य र यसको दीर्घकालीन महत्वलाई टिभिएस सवारी साधनको विश्वसनीयतासँग जोडेर यो योजना तयार गरिएको हो।

नयाँ परिवार, नयाँ घर र नयाँ यात्राजस्ता जीवनका महत्वपूर्ण मोडमा टिभिएसलाई भरोसायोग्य साथीका रूपमा प्रस्तुत गर्नु यसको मुख्य उद्देश्य रहेको बताइएको छ।

अफर अवधिमा टिभिएस बाइक वा स्कुटर नगद, फाइनान्स वा एक्सचेन्ज जुनसुकै माध्यमबाट खरिद गर्दा पनि ग्राहकले विभिन्न सुविधा पाउनेछन्।

यसमा दैनिक सुनको सिक्का जित्ने मौका, १ लाख रुपैयाँसम्म क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा लाइसेन्सबाट सजिलो फाइनान्स तथा लाइफटाइम वारेन्टी समावेश छन्।

यो अफर माघ १८ गतेदेखि चैत ३ गतेसम्म ४५ दिनका लागि नेपालभरका सबै आधिकारिक टिभिएस शोरुममा लागू हुने जनाइएको छ।

अफर सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो योजना नयाँ सुरुवातको उत्सव भएको र ग्राहकलाई सवारीसँगै दीर्घकालीन मूल्य र विश्वास दिन चाहेको बताए।

कम्पनीले यस किसिमका ग्राहक–केन्द्रित योजनाबाट नेपाली दुईपांग्रे बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *