नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ याडिया ओविन इलेक्ट्रिक स्कुटर चाँडै सार्वजनिक हुने घोषणा गरेको छ।
कम्पनीका अनुसार, रेट्रो–मोडर्न डिजाइन र आधुनिक प्रविधिसँग सुसज्जित यो स्कुटरले नेपाली सहरका सडकमा नयाँ अनुभव दिनेछ।
इटालियन प्रेरित स्टाइलिङमा बनेको ओविनमा 2800W पिक मोटर र 72V 30Ah LFP ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा अधिकतम 105 किलोमिटरसम्म यात्रा सम्भव बनाउँछ।
दैनिक शहरी यात्रालाई सहज बनाउन यसमा क्रुज कन्ट्रोल र रिभर्स मोड जस्ता सुविधा पनि समावेश छन्।
कम्पनीका अनुसार, ओविनमा अन्य याडिया मोडेलझैं ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ।
यस स्कुटरलाई केवल सवारी साधन मात्र नभई, दीगो र आत्मविश्वासी मोबिलिटीको प्रतीक बनाउने उद्देश्य रहेको छ।
यो नयाँ मोडल यसै दसैंदेखि नेपालभरका कुजु नेपाल डिलर नेटवर्कमार्फत उपलब्ध हुनेछ।
आधिकारिक लन्च कार्यक्रम चाँडै सार्वजनिक हुने बताइएको छ।