याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा

नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ याडिया ओविन इलेक्ट्रिक स्कुटर चाँडै सार्वजनिक हुने घोषणा गरेको छ।

कम्पनीका अनुसार, रेट्रो–मोडर्न डिजाइन र आधुनिक प्रविधिसँग सुसज्जित यो स्कुटरले नेपाली सहरका सडकमा नयाँ अनुभव दिनेछ।

इटालियन प्रेरित स्टाइलिङमा बनेको ओविनमा 2800W पिक मोटर72V 30Ah LFP ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा अधिकतम 105 किलोमिटरसम्म यात्रा सम्भव बनाउँछ।

दैनिक शहरी यात्रालाई सहज बनाउन यसमा क्रुज कन्ट्रोलरिभर्स मोड जस्ता सुविधा पनि समावेश छन्।

कम्पनीका अनुसार, ओविनमा अन्य याडिया मोडेलझैं ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ।

यस स्कुटरलाई केवल सवारी साधन मात्र नभई, दीगो र आत्मविश्वासी मोबिलिटीको प्रतीक बनाउने उद्देश्य रहेको छ।

यो नयाँ मोडल यसै दसैंदेखि नेपालभरका कुजु नेपाल डिलर नेटवर्कमार्फत उपलब्ध हुनेछ।

आधिकारिक लन्च कार्यक्रम चाँडै सार्वजनिक हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *