बबरमहलको आकाशे पुल यसै हप्ता सञ्चालनमा आउने तयारी

काठमाडौँको बबरमहलमा निर्माण गरिएको आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राख्दै यो पुल निर्माण गरिएको हो।

पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई अघि बढाइएको यस पुलको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार केही दिनभित्रै यसलाई खुलाउने तयारी भइरहेको छ।

दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत रहेको यस पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *