सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५

सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको  रोजाइ बनेको छ । गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको छ।

आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकको मन जितेका यी सेलिब्रिटीको छनोटले नयाँ ब्रान्डप्रतिको विश्वासलाई बल दिएको छ। उनीहरूको रोजाइले चांगान नेभो क्यू०५ को ‘अ क्लास अबभ’ अर्थात् ‘आफ्नो श्रेणीभन्दा एक कदम माथि’ भन्ने नारालाई परिचित अनुहार र वास्तविक प्रयोगसँग जोडेको छ।

भावपूर्ण गीतका लागि परिचित गायक तथा गीतकार स्वप्न सुमन र अभिनेत्री एवं मोडल ज्योत्सना योगीको व्यक्तित्वमा सिर्जनशीलता र सौम्य आकर्षणको संगम देखिन्छ। उनीहरूको सार्वजनिक छवि क्यू०५ को आधुनिक डिजाइन र दैनिक यात्रामा सहजता प्रदान गर्ने विशेषतासँग मेल खान्छ।

कबड्डी ४ लगायतका चलचित्रमा आफ्नो अभिनयबाट दर्शकको मन जितेकी मिरुना मगरले चांगान नेभो क्यू०५ को ग्राहक समुदायमा अर्को विशिष्ट व्यक्तित्व थपेकी छन्। पर्दामा उनको प्रभावशाली उपस्थितिलाई सडकमा आत्मविश्वासी देखिने र भित्र आरामदायी वातावरण दिने क्यू०५ सँग जोडेर हेर्न सकिन्छ।

जेरीबाट नेपाली चलचित्रमा प्रवेश गरेकी आना शर्मा र लिलिबिलीबाट अभिनय यात्रा सुरु गरेकी जसिता गुरुङ नयाँ पुस्ताका प्रतिभाशाली अभिनेत्री हुन्।

उनीहरूको रोजाइले क्यू०५ को डिजाइनमा आधारित पहिचानलाई युवा आकर्षण प्रदान गर्दै आधुनिक मनोरञ्जन र जीवनशैलीका आकांक्षासँग जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *