नाडा अटो शोमा ४,२०० सवारी बुकिङ

नाडा अटो शो २०२५ मा चार हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन्।

यो अटो शो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको थियो। नेपालभरबाट आएका ग्राहकहरूले चार पांग्रे र दुई पांग्रे गरी कुल ४,२०० सवारीसाधन बुकिङ गरेका छन्।

यसमा अटो शो बाहिरका डिलरमार्फत ३० प्रतिशत बुकिङ भएको बताइएको छ।

बीवाइडीले सबैभन्दा बढी बुकिङ गरेको छ, विशेष गरी एटो-२ मोडेलमा। यसका साथै, एमडब्ल्यू मोटोकर्पले गत वर्षको तुलनामा ३० प्रतिशत बढी बुकिङ गरेको जनाएको छ।

टाटाले पनि पन्च ईभी, नेक्सन केथ्री इभी र कर्भ इभी जस्ता मोडेलमा राम्रो बुकिङ गरेको छ। रिडारा, सुजुकी, जीली, इसुजु लगायतका ब्रान्डहरूले पनि उत्साहजनक बुकिङ गरेका छन्।

कमर्शियल र दुई पाङ्ग्रे सवारीमा पनि बुकिङ उत्साहजनक रहेको छ।

हिरो, रोयल इन्फिल्ड र यामाहाका बाइकहरूमा धेरै बुकिङ भएका छन्

कमर्शियल सवारीमा फोटोनका गाडीहरूमा पनि राम्रो बुकिङ भएको छ। कम्पनीहरूले बुकिङका लागि ५,००० देखि २५,००० रुपैयाँसम्मको टोकन मनी लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *