एनईभी उत्पादनमा बीवाइडीको नयाँ कीर्तिमान

चिनियाँ अटोमोबाइल कम्पनी वाइवाइडीले न्यू इनर्जी भेहिकल (एनईभी) उत्पादनमा नयाँ कीर्तिमान बनाएको छ । कम्पनीले आफ्नो १ करोड ९० लाखौं युनिट उत्पादन गर्दै नयाँ रेकर्ड बनाएको हो ।

कम्पनीले सोमबार सामाजिक संजाल वेइबो मार्फत १ करोड ९० औं लाख युनिटको ऐतिहासिक माइलस्टोन पार गरेको जानकारी दिएको हो ।

कम्पनीले पारिवारिक प्रयोगकर्तालाई लक्षित गर्दै ल्याउन लागेको फ्याङ चेङ बाओको फ्ल्यागसिप एसयूभी ‘ताई ९’  रोल आउट गर्दै उक्त उपलब्धि हासिल गरेको हो ।

गत जुलाई ८ मा १ करोड ७० लाखौं युनिट एनईभी उत्पादन पूरा गरेको कम्पनीले पछिल्लो ४ महिनामै थप २० लाख युनिट एनईभी उत्पादन गरेको हो ।

बीवाइडीले डिसेम्बर २००८ मा आफ्नो पहिलो एनईभी मोडल उत्पादन गरेको थियो । मे २०२१ सम्ममा मात्र यसको १० लाखौं एनईभी उत्पादन भएको थियो । त्यसयता, उत्पादन र बिक्री दुवै क्षेत्रमा यसको गति उल्लेख्य रूपमा बढेको छ।

२०२४ नोभेम्बर १८ मा कम्पनीले १ करोडौं सवारी साधनको कोशेढुङ्गा पार गरेको थियो । १ करोडबाट १ करोड ५० लाख सवारी साधन पुग्न केबल १३ महिना लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *