१ लाख ७६ हजारले नाडा अटो शो अवलोकन गरे

१७औँ संस्करणको नाडा अटो शो २०२५ उत्साहपूर्वक सम्पन्न भएको छ।

६ दिन चलेको अटो शोमा १ लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेका छन्। उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

शोको सबैभन्दा धेरै दर्शक शनिबार आए, जहाँ ४५ हजारभन्दा बढीले अवलोकन गरे।

कार्यक्रममा उड्ने कारदेखि भिन्टेज कार, रोबोट र नयाँ प्रविधि दर्शकको आकर्षण बने।

उत्कृष्ट स्टलमा कारतर्फ दिपल र मोटरसाइकलतर्फ रोयल इनफिल्ड घोषित भए।

शोमा १९ कार ब्रान्ड, १३ लाइट कमर्सियल, ५ मोटरसाइकल ब्रान्डसहित ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, ब्याट्री र वित्तीय संस्थाले सहभागिता जनाए।

‘मेड इन नेपाल पभिलियन’ मार्फत स्वदेशी उत्पादन पनि प्रदर्शित गरिएको थियो।

नाडाका अनुसार, अवलोकनकर्ताको उल्लेख्य सहभागिताले यो संस्करण ऐतिहासिक बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *