नाडा अटो शो २०२५ मा चार हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन्।
यो अटो शो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको थियो।नेपालभरबाट आएका ग्राहकहरूले चार पांग्रे र दुई पांग्रे गरी कुल ४,२०० सवारीसाधन बुकिङ गरेका छन्।
यसमा अटो शो बाहिरका डिलरमार्फत ३० प्रतिशत बुकिङ भएको बताइएको छ।
बीवाइडीले सबैभन्दा बढी बुकिङ गरेको छ, विशेष गरी एटो-२ मोडेलमा।यसका साथै, एमडब्ल्यू मोटोकर्पले गत वर्षको तुलनामा ३० प्रतिशत बढी बुकिङ गरेको जनाएको छ।
टाटाले पनि पन्च ईभी, नेक्सन केथ्री इभी र कर्भ इभी जस्ता मोडेलमा राम्रो बुकिङ गरेको छ।रिडारा, सुजुकी, जीली, इसुजु लगायतका ब्रान्डहरूले पनि उत्साहजनक बुकिङ गरेका छन्।
कमर्शियल र दुई पाङ्ग्रे सवारीमा पनि बुकिङ उत्साहजनक रहेको छ।
हिरो, रोयल इन्फिल्ड र यामाहाका बाइकहरूमा धेरै बुकिङ भएका छन्।
कमर्शियल सवारीमा फोटोनका गाडीहरूमा पनि राम्रो बुकिङ भएको छ।कम्पनीहरूले बुकिङका लागि ५,००० देखि २५,००० रुपैयाँसम्मको टोकन मनी लिएका थिए।