नाडा अटो शो २०२५ भव्य रुपमा सम्पन्न

माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा २०८२ भाद्र ८ गते काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न भयो।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले शुभारम्भ गरेको १७औँ संस्करणमा १,७६,७८९ दर्शकले अवलोकन गरेका थिए।

प्रदर्शनीमा नयाँ ब्रान्डका विद्युतिय सवारी, उड्ने सवारी साधन, रोबोटिक म्यान र डगका कारण ठूलो भिड लागेको थियो।

नाडाले हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो।

  • पहिलो दिन: इण्टरनेशनल अटो ट्रेड डायलग

  • दोस्रो दिन: ड्राइभिङ द फ्युचर र इभि एडप्सन

  • तेस्रो दिन: कर्जा नीति र बजार स्थिरता

  • चौथो दिन: फ्लाइङ कार टेक्नोलोजी र युथ मोबिलिटी

  • पाँचौ दिन: सडक र यातायात

  • अन्तिम दिन: मेड इन नेपाल

समापनकै दिन नाडा केन्द्रीय कार्य समितिले नाडा अटोमोबाइल्स एशोसिएशनलाई महासंघमा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्ताव गरेको छ।

उत्कृष्ट स्टलहरुको पुरस्कार वितरण:

  • चारपाङ्ग्रे सवारी: दिपाल, एमएडब्लु अटो कर्प

  • दुईपाङ्ग्रे सवारी: रोयल इनफिल्ड अल्फा अटोमोटिभ

  • लाइट कमर्शियल: म्ँक्प् श्री अद्धेत इभि

  • बेष्ट सपोर्टिङ्ग: हिट्को प्रा.लि.

  • बैंक/इन्स्योरेन्स: ग्लोवल आई.एम.ई. बैंक

प्रदर्शनीको सह प्रायोजन: Shikhar Insurance, Campa Cola, Yango, Khalti, WorldLink, CCTV Nepal, Himalayan Safety, Kist Hospital, The Plaza, Nepal Lube Oil, Mega Motors & Foton, INI Cinema, Ncell Business।

सो ६ दिनसम्म चलेको प्रदर्शनीमा प्रधानमन्त्री, मन्त्री, प्रतिनिधि सभा सदस्य, उद्योग/व्यापार संघका नेता, राष्ट्रिय खेलाडी र कलाकारहरूले समेत अवलोकन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *