पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोलिदियो बाटो

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनेको हो ।

पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बूलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।

यस आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

आईएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माण अघि बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *