पोखरामा यूरो ६ सवारी प्रविधि सम्बन्धी सीप तालिम

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको मुख्य आयोजना तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन  पोखराको सहकार्यमा यूरो ६ (BSVI) सवारी साधन प्रविधि सम्बन्धी महत्वपूर्ण सीप अभिवृद्धि तालिम पोखरामा सन्चालन भएको छ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE) को दोस्रो चरण अन्तर्गत प्राविधिक कर्मचारीहरूका लागि थप स्तरोन्नति गर्ने उद्देश्यले सञ्चालन हुने यो तालिमले सवारी साधन क्षेत्रका प्राविधिकहरूको दक्षता बढाउने लक्ष्य राखेको छ।

उक्त तालिम  वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म (कुल ९६ घण्टा) सिप्रदी ट्रेडिङ प्रा.लि., बुद्धचोक, पोखरामा सञ्चालन हुनेछ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले जारी गरेको सूचनाअनुसार तालिम दैनिक बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म चल्नेछ।

तालिम अवधिभर सहभागीहरूलाई सैद्धान्तिक ज्ञान, प्रयोगात्मक अभ्यासका साथै उद्योगसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरिनेछ, जुन विशेषतः प्राविधिक कर्मचारीहरूको सीप स्तरोन्नतिका लागि केन्द्रित रहनेछ।

तालिममा सीमित २० जनाले मात्र सहभागिता जनाउन पाउनेछन् र प्रतिव्यक्ति दर्ता शुल्क रु. १०००/- तोकिएको छ।

इच्छुक व्यक्ति तथा संस्थाहरूले २०८२ वैशाख २८ गतेभित्र  गोविन्द पौडेललाई  सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष  दीपेन्द्र कोइराला र महासचिव  विनय थापाद्वारा जारी विज्ञप्तिमा सदस्य कम्पनीहरूलाई यस कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

बजारमा भित्रिरहेका नयाँ यूरो ६ मापदण्डका सवारी साधनहरूको मर्मतसम्भार तथा प्राविधिक पक्षमा दक्ष जनशक्ति तयार पार्नु यस तालिमको मुख्य उद्देश्य हो।

यस्ता तालिमले अटोमोबाइल क्षेत्रको समग्र विकास र सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *