UEFA यूरो कपमा बिवाइडीको विजेताहरु

साईमेक्स् इन्क. प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको नेपाली अब युरो कपमा अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

विजेताले जर्मनीमा हुने UEFA यूरो कप २०२४, खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाएका छन् ।

यस आयोजना अत्यन्तै रोचक रहेको र विजेतालाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

साईमेक्स् इन्क. प्रालिले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकबाट ११ जना भाग्यशाली ग्राहक लक्की ड्र बाट चयन गरी विजेता घोषित गरिएको हो ।

दोस्रो चरणका विजेताको नामावली निम्नानुसार छन्,

कोड नम्बर: ६६२ गणेश कँडेल
कोड नम्बर: ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना
कोड नम्बर:  ६८२ प्रदीप पौडेल
कोड नम्बरः  १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ
कोड नम्बर: ६९१ जयप्रकाश दास
कोड नम्बर: २०० सजिना पाण्डेय

कम्पनीका अध्यक्ष समीर श्रेष्ठले नेपाली अब युरो कपमाझ योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा खुशी लागेको बताउँदै यस किसिमका योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने, खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्ने बताए ।

साथै योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण UEFA यूरो कप २०२४ टिमलाई धन्यवाद दिदै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताए ।

यो योजना साईमेक्स् इन्क. प्रालिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।

ग्राहकको लागि फरक खालको अनुभव र अवसर सिर्जना गर्दै विद्युत्तिय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा दिने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभइ आफ्ना ग्राहकको लागि महत्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।

नेपाली अब युरो कपमाझ योजनाका विजेतालाई साईमेक्स् इन्क. प्रालिले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ ।

कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि धन्यवाद दिदै भविष्यमा थप रोमाञ्चक योजना लिएर आउने प्रतिबद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *