अन्तर्राट्रिय औद्योगिक व्यापार मेलामा अटोमोवाइलको एउटै मात्र स्टल

काठमाण्डौंको भृकुटीमण्डपमा १७ औं अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हालै सम्पन्न भएको छ ।

यहि बैशाख २६ गते देखि ३० गतेसम्म संचालनमा रहेको उक्त महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, टर्कि लगायतका देशका विभिन्न कम्पनीहरुले सहभागिता जनाएका थिए ।

महोत्सवमा नेपालका विभिन्न साना तथा घरेलु उद्योगहरुको उल्लेख्य सहभागिता रहे पनि अटोमोवाइल क्षेत्र मध्ये एउटा कम्पनीको मात्र सहभागिता रहेको थियो ।

चीनको विश्वप्रसिद्ध ब्राण्ड लुयानको विद्युतीय स्कुटरको मात्र महोत्सवमा सहभागिता रहेको थियो ।

लुयानको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयानका विभिन्न स्कुटरहरु प्रदर्शन गरेको थियो ।

विद्युतीय स्कुटर भएको हुनाले अवलोकनकर्ताहरुले उल्लेख्य चासो राखेको उक्त कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो ।

महोत्सवमा करिब ५ जनाले लुयानका स्कुटरहरु बुकिङ्ग गरेको शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *