आधुनिक सुविधाले सुसज्जित टाटा पन्च लगातार दोस्रो महिना सबैभन्दा बढी बिक्री हुने कार भएको छ । गत अप्रिलमा कम्पनीले १९ हजारभन्दा बढी नयाँ ग्राहक थपेको छ।
टाटा पन्चको स्टाइलिश डिजाइन, शक्तिशाली इन्जिन, फिचर र मूल्यका कारण निकै लोकप्रिय छ ।
टाटा पन्चको डिजाइन बोल्ड र आकर्षक छ। सो एसयूभीमा एलईडी हेडल्याम्प, एलईडी टेल लाइट र १६ इन्च अलोय ह्विललगायत अन्य धेरै स्टाइलिस फिचर उपलब्ध छ ।
टाटा पन्चमा ३ वटा पावरट्रेन पेट्रोल, पेट्रोल प्लस सीएनजी र इलेक्ट्रिकमा उपलब्ध छ ।
यसमा १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो-पेट्रोलका साथै फ्याक्ट्रीमा जडान गरिएको सीएनजी किटको विकल्प छ।
पन्च शहरी र हाइवे दुबैको लागि उत्तम मानिन्छ । पन्च म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, आरामदायी सिट, राम्रो बुट स्पेस, अटोमेटिक क्लाइमेट कन्ट्रोल र क्रुज कन्ट्रोललगायत धेरै फिचर समावेश छ ।
सो एसयूभी ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ मिलेको थियो । सो एसयूभी सबैभन्दा सुरक्षित कार मध्ये एक हो ।
यसमा एयरब्याग, एबीएस सहित ईबीडी र रियर पार्किङ सेन्सरलगायत अन्य सेफ्टी समावेश छ । टाटा पन्चको सबैभन्दा विशेष कुरा मूल्य हो, जसले यसलाई निकै लोकप्रिय बनाएको छ ।