काठमाडौँ । पश्चिम चितवनका ग्राहकले अब बजाजको विद्युतीय स्कुटर चेतक स्थानीय शोरुमबाटै खरिद गर्न पाउने भएका छन्। प्रिमियर मोटर्स प्रा.लि.ले चनौलीस्थित बजाज शोरुमबाट चेतकको बिक्री तथा डेलिभरी सुरु गरेको हो।
विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढिरहेका बेला कम्पनीले पश्चिम चितवनमा चेतकको बिक्री विस्तार गरेको हो। स्थानीय बजारमै बिक्री र डेलिभरीको सुविधा उपलब्ध भएपछि चनौली तथा आसपासका ग्राहकलाई विद्युतीय स्कुटर खरिदका लागि भरतपुरलगायत अन्य क्षेत्रमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
चनौलीस्थित शोरुममा चेतकका Chetak 2501, Chetak 3503 र Chetak 3501 गरी तीन मोडल उपलब्ध छन्। यी मोडलको मूल्य, ब्याट्री क्षमता र रेञ्ज फरक–फरक रहेको छ।
Chetak 2501 सबैभन्दा किफायती विकल्प
तीनमध्ये Chetak 2501 को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ। २.५ kWh ब्याट्री रहेको यो स्कुटरले एकपटक पूर्ण चार्जमा करिब ११३ किलोमिटरसम्म IDC रेञ्ज दिने कम्पनीको दाबी छ।
दैनिक आवतजावतलाई लक्षित गरिएको यो मोडलमा डिजिटल डिस्प्ले, LED लाइटिङ, अन्डर–सिट स्टोरेज, Bluetooth Connectivity, USB Charging तथा Reverse Mode लगायतका सुविधा छन्।
Chetak 3503 मा १५१ किलोमिटरसम्म रेञ्ज
त्यस्तै, Chetak 3503 को मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ। ३.५ kWh Lithium-ion ब्याट्री प्रयोग गरिएको यस मोडलले पूर्ण चार्जमा करिब १५१ किलोमिटरसम्म IDC रेञ्ज दिने कम्पनीले जनाएको छ।
यसमा ३५ लिटरको अन्डर–सिट स्टोरेज, Full Metal Body, Color Digital Display, LED Lighting र Bluetooth Connectivity लगायतका फिचर छन्। Call तथा Notification Alert, Reverse Mode र Eco तथा Sport Riding Mode पनि यसमा उपलब्ध छन्।
Chetak 3501 प्रिमियम मोडल
चेतक सिरिजको प्रिमियम मोडल Chetak 3501 को मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ। यसमा पनि ३.५ kWh ब्याट्री रहेको छ भने कम्पनीका अनुसार यसले पूर्ण चार्जमा करिब १५३ किलोमिटरसम्म IDC रेञ्ज दिन्छ।
यसमा Touchscreen TFT Display, Integrated Navigation, Smartphone Connectivity, ३५ लिटर अन्डर–सिट स्टोरेज, Solid Metal Body, Reverse Mode तथा LED Lighting जस्ता सुविधा छन्।
3501 मा IP67 Dust and Water Resistance सहित Live Tracking, Navigation, Vehicle Status, Geo-fencing, Over-speed Alert र Anti-theft Notification जस्ता कनेक्टेड फिचरसमेत दिइएको कम्पनीले जनाएको छ।
तीन मूल्य तहमा विकल्प
प्रिमियर मोटर्सले चनौलीबाट चेतकका फरक–फरक मोडल उपलब्ध गराएर ग्राहकको आवश्यकता र बजेटअनुसार विकल्प दिन खोजेको जनाएको छ। शोरुममा ग्राहकले मोडलसँगै उपलब्ध रङ, फाइनान्स, एक्सचेन्ज तथा खरिद प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।