नेपालका भौगोलिक अवस्था र सडकको विविधतालाई ध्यानमा राख्दा पनि RayZR Hybrid उपयोगी हुने कम्पनीको दाबी छ । उकालो सडकमा हाइब्रिड पावर सपोर्टले सहजता प्रदान गर्नुका साथै खाल्डाखुल्डी तथा असमान सडकमा सस्पेन्सन प्रणालीले यात्रालाई तुलनात्मक रूपमा आरामदायी बनाउँछ । पछाडि यात्रु राखेर यात्रा गर्दा पनि अतिरिक्त टर्क सपोर्टले स्कुटरको गति बढाउन सहयोग गर्छ ।
सुरक्षाका लागि यसमा साइड स्ट्यान्ड इन्जिन कटअफ प्रणाली र कम्बाइन्ड ब्रेकिङ सिस्टम उपलब्ध छन् । साइड स्ट्यान्ड लगाइएको अवस्थामा इन्जिन सञ्चालन हुन नदिने सुविधाले सम्भावित दुर्घटनाको जोखिम कम गर्न मद्दत गर्छ ।
इन्धन बचतसँगै मर्मतसम्भार खर्चलाई पनि कम गर्ने उद्देश्यले कम्पनीले यस स्कुटरमा पाँच वर्षको अवधिमा १६ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ । यसले नियमित मर्मतसम्भारमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
माइलेज, हाइब्रिड प्रविधि, हलुका बनावट र मर्मतसम्भार सुविधालाई मुख्य विशेषताका रूपमा अघि सार्दै यामाहाले RayZR 125 FI Hybrid लाई नेपाली उपभोक्तामाझ प्रस्तुत गरेको छ ।