कुमारी अटो ट्रेडिंगद्धारा पाटर्नरहरुलाई सम्मान

बोश ब्याट्रीको आधिकारीक टु ह्वीलर विक्रेता कुमारी अटो ट्रेडिंगले आफ्ना पाटर्नरहरुलाई सम्मान गरेको छ । ट्रेडिंगले भदौ १ गते नागपञ्चमीको अवसर पारेर आफ्ना पाटर्नरहरुलाई ब्याट्रीको बारेमा जारकारी गराउँदै सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै कुमारी अटो ट्रेडिंगका सञ्चालक टार्जन मालीले आफ्ना सम्पूर्ण पाटर्नरहरुलाई स्वागत गर्नुभएको थियो ।

त्यसैगरी सम्मान कार्यक्रकको उद्घाटन समारोहमा बोल्दै नेपालका लागि कन्ट्री हेड सन्दिप कामदले बजारमा उपलब्ध ब्याट्रीका अवस्था, प्रकार र विशेषताबारे आफ्ना पाटर्नरहरुलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा सम्पूर्ण पाटर्नरहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *